खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने

डिसी नेपाल
२४ असार २०८० १५:२७
204
Shares

ओखलढुंगा। खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो ।

सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए।

गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले जानकारी दिए। गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *