सीता मानन्धरको सर्ट मुभी ‘साहारा’को छायांकन सम्पन्न

डिसी नेपाल
२५ असार २०८० ९:४०
1.1k
Shares

काठमाडौँ। सर्ट मुभी ‘साहारा’को छायांकन सम्पन्न भएको छ। शनिबारदेखि काठमाडौँको बालुवाटारमा सुरु भएको छोटो चलचित्र (सर्ट मुभी ) को छायांकन आइतबार साझ सम्पन्न भएको हो।

सर्ट मुभी साहारा अहिलेको समसामायिक र पारिवारिक कथा बस्तुमा आधारित मुभी हो। यस सर्ट मुभीमा आर के मानन्धर ,सिरु बिस्ट, राजु भुजु पल्पसा डङ्गोल, सरोज दाहल, रबिना वास्ताकोटी संगीता शर्मा, प्रसन्न कार्की, बिनोद प्याकुरेल तथा इनाया प्रजापति, ओजेस तुलाधर र प्रजान्य लगाएतका बालकलाकारहरुको अभिनय रहेको छ।

आर के एण्ड आर के इन्टरटेड्मेन्ट ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता निर्माता सीता मानन्धर हुन् भने कथा आर के मानन्धरको हो। चलचित्रमा गीत गायक तथा संगितकार यादवराज पाण्डेको रहेको छ। यस मुभीमा श्रींगारमा विस्वराम के.सिले गरेका छन् भने छायांकन  रामेस्वर हुमागाईले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *