राष्ट्रियसभाको बैठक भाेलीसम्मका लागि स्थगित

डिसी नेपाल
२५ असार २०८० १०:१२
180
Shares

काठमाडौँ। राष्ट्रियसभाको बैठक सरेकाे छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्न लागेकाे उक्त बैठक भाेली मंगलबार बिहान ११ः०० बजेसम्मका लागि सरेकाे हाे।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार शुक्रबारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएकाे थियाे।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयकाे बजेट माथि छलफल हुदैँ थियाे।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएकाे थियाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *