ओलीको सचिवालयले भन्याे-पशुपतिनाथ जाने कार्यक्रम छैन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न जाने कार्यक्रम नै नरहेको उनकाे सचिवालयले जनाएकाे छ।
ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाएका हुन्।
‘हिजोदेखि मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रुपमा लेखिरहेका छन्,’ बजगाईंले भने, ‘आफैं जाने भनेर लेख्छन्, आफैं जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकि तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन।’
कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमापूजा गर्नका लागि ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment