परराष्ट्रमन्त्री भन्छन् : बीआरआई छलफलकै क्रममा

डिसी नेपाल
२८ असार २०८० १२:०३
44
Shares

काठमाडाैं। परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका हुन्।

उनले केरुङ-काठमाडौ रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए। उनले परराष्ट्रमन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाडै राजदूत नियुक्त गरिने बताए।

राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने जानकारी दिएका मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।

परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको, पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए।

त्यस्तै बैठकमा आफ्ना मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मोहन बस्नेतले मुलुक भरका अस्पतालमा विपन्न नागरिकलाई सहज रुपमा उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिए।

सीमित बजेटका बाबजुत पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्थालाई अन्त्य गर्दै लैजाने उनले बताए।

उनले आधारभूत स्वास्थ्य सेवाको सहज पहुचका लागि सरकार तत्पर रहेको भन्दै उहाले यस क्षेत्रमा भएका बेचिथिहरुलाई अन्त्य गर्न सदनको मद्दत आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.