खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठनकाे तयारी
काठमाडाैं। खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका बिभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताएका हुन्।
उनले एक बर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगीता आयोजना गरेर पर्यटन क्षेत्रको बिकास गर्ने बताए। क्रिकेटको सफलतालाई मध्यनजर गर्दै कीर्तिपुर, मुलपानी र विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उनले बताए।
मन्त्री लिम्बुले राष्ट्रिय खेलाडीहरुको जीवन बीमा गरेर ढुक्कसँग खेल खेल्ने अवसर सरकार प्रदान गर्ने जिकिर गरे।
उनले १५ वर्षमूनीका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट बिकास गर्न आगामी आर्थिक बर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment