प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
३१ असार २०८० ६:४१
116
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपरान्ह १ः०० बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन्।

उनले सो प्रस्तावमाथिको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय विधेयक २०८०’ माथि बिचार गरियोसे्र भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *