राजेश राईको ‘झल्को ज्यानकै आउने’ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३१ असार २०८० १३:०५
264
Shares

काठमाडौँ। गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ ल्याएका छन्। यसअघिका आफ्ना दर्जनौं गीत दर्शकमाझ ल्याएका गायक राजेशले योपटक ‘झल्को ज्यानकै आउने’ बोलको गीत सार्वजनिक गरेका हुन्।

सिगिङ सुपर स्टार सिजन-१ का विजेता रहेका राजेश राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए। झल्को ज्यानकै आउने पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ।

गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन छ। भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन्। भिडियाेमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय देख्न सकिन्छ।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *