सेनाको संख्या घटाउनु पर्ने अभिव्यक्तिप्रति पूर्व जर्नेलको आपत्ति

डिसी नेपाल
३१ असार २०८० १७:४७
168
Shares

काठमाडौं। नेपाली सेनाका पूर्व जर्नेल विनोद पाण्डेले नेपाली सेनाको संख्या घटाउने विषयमा विभिन्न राजनीतिक दलका नेताबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

पाण्डेले एक विज्ञप्ति जारी गर्दै गौरवपूर्ण इतिहास बोकेको संस्थाका विषयमा विभिन्न राजनीतिक दलका जिम्मेवार नेताबाट आएको अस्वाभाविक र अनावश्यक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

नेकपा एमालेको भातृ संगठन नेपोनको अध्यक्षसमेत रहेका पाण्डेले जिम्मेवार र प्रचारवाजी जस्ता अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा आँच आउने भन्दै जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा सोचेर, अध्ययन गरेर र त्यसको संवेदनशीलतालाई समेत मनन गरेर मात्रै अभिव्यक्ति दिनु पर्ने बताएका हुन्।

पूर्व परराष्ट्र मन्त्री एवं राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राईले केही दिन अगाडि राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा नेपाली सेनाको संख्या घटाउनु पर्ने अभिव्यक्ति दिएकी थिइन्। सो अभिव्यक्तिप्रति पूर्व जर्नेल पाण्डेले आपत्ति जनाएका हुन्।

पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना धेरै लामो तथा गौरवशाली ईतिहास बोकेको संस्था हो। यो संस्था इतिहासका विभिन्न कालखण्डमा देशको सार्वभौम र स्वतन्त्र राज्यको पक्षमा सतिसालझैं उभिएको छ। यस किसिमको ओजपूर्ण इतिहास बोकेको एक जिम्मेवार संस्थाको विषयमा विभिन्न राजनीतिक दलका जिम्मेवार नेताबाट आएका अस्वभाविक र अनावस्यक अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा जस्तो संवेदनशील विषयमा यस किसिमका हल्का, गैह्र वर्तमान परिस्थितमा सेनाको संरचनालाई अझै शसक्त र साधनश्रोत सम्पन्न बनाउँदै सुरक्षा सहित राष्ट्र निर्माणमा समेत सेनाको दक्षतालाई अधिकतम परिचालन गर्न सुझाव दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *