मलेसियामा विमान डिले भएपछि छानबिन समिति गठन

डिसी नेपाल
२ साउन २०८० १२:३६
1.2k
Shares

काठमाडौं। नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो।

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको  भन्दै उडान डिले गरिएको थियो। सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *