९.९१ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त अग्रिम स्थानमा छ। यसको आज २१ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा बिपीडव्लु लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सानिमा लार्ज क्याप फण्ड र ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment