बाढी प्रभावितका लागि अमेरिकाद्वारा आपत्कालीन राहत सामग्री हस्तान्तरण
काठमाडौं । नेपाल सरकारको अनुरोध अनुसार संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित नागरिकका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराउन सुरु गरेको छ। अमेरिकी नियोग उपप्रमुख स्कट अर्बोमले बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाएका छन्।
उक्त राहत सामग्री क्याथोलिक रिलिफ सर्भिसले नेपालस्थित कार्यान्वयन साझेदार कारितास नेपालमार्फत रसुवाका दुई वटा विद्यालय क्षेत्रमा वितरण गर्नेछ।
राहत सामग्रीमा २.५ मेट्रिक टनभन्दा बढी खाद्यान्न, ५०० थान कम्बल, ५०० थान झुल र अस्थायी आश्रयस्थलको भुइँमा बिछ्याउन ५०० थान इन्सुलेटिङ फोम सिट रहेका छन्।
अमेरिकी दूतावासले नेपाली जनताको आवश्यकता अनुसार थप सहायता सामग्रीहरू तयारी तथा वितरण गर्न नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिस र कारितास नेपालसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment