हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न बरुण हाइड्रोपावरले बोलायो विशेष साधारण सभा
काठमाडौँ। बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साउन १४ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमा शतप्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।
यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बरुणले हकप्रद सेयर बिक्री गर्न नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको जनाएको छ। अब विशेष सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी हुनेछ।
हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ। विशेष साधारण सभा लर्ड पार्टी भेन्यू, धुम्बराही काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार साउन ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार साउन ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment