बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
३ साउन २०८० ११:४९
112
Shares

काठमाडौं। बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको दाबी गरिएको छ ।

गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा।दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।

गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने यो म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिति थियो ।

कार्यक्रममा सिएनएन हिरो तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइराला, कलाकार बसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।

भिडियो लिंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *