प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान
काठमाडौँ। सरकारले हालै विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो।
समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन्? भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ।
आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ। उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ। तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सूचनामा जनाइएको छ।
सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो।
सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछपछि समितिबाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment