बलिउडको सबैभन्दा लामो ‘किस सिन’, जसलाई खिच्न ४७ टेक लिइएकाे थियो
मुम्बइ। इमरान हाश्मी बलिउड फिल्महरूमा ‘सिरियल किसर’ र सामान्य किसिङ दृश्यहरू ट्याग पाउने पहिलो अभिनेता हुन्।
तर यसअघि पर्दामा चुम्बन दृश्यलाई ठूलो वर्जित मानिन्थ्यो र स्टारहरूले पनि यस्ता दृश्यहरू दिन हिचकिचाउँथे तर सन् १९९७ मा आएको फिल्म ‘राजा हिन्दुस्तानी’मा करिश्मा कपूर र आमिर खानले चुम्बन दृश्य दिएर सबैको होश उड़ाएका थिए।
यो बलिउड चलचित्रहरूमा खिचिएको सबैभन्दा लामो चुम्बन दृश्यहरू मध्ये एक हो, जुन एक मिनेटसम्म चलेको थियो। राजीव मसन्दसँगको एक अन्तर्वार्तामा, करिश्मा कपूरले आमिर खानसँगको आफ्नो चुम्बन दृश्यको बारेमा खुलेर बताएकी छिन्।
उनले भनेकी छिन्, ‘सबैले यो दृश्यको बारेमा कुरा गर्छन् कि यो यस्तो हो वा त्यो हो, तर हामीलाई थाहा छ कि यो दृश्य शूट गर्न निकै गाह्रो भएको थियो। ऊटीमा एकदम चिसो थियो र हामी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सुटिङ गर्थ्यौँ। यो दृश्य शूट गर्न हामीलाई तीन दिन लाग्यो र यसका लागि मैले र आमिरले ४७ चोटी रिटेक दिनुपर्यो भन्दा तपाईलाई विश्वास लाग्दैन। हाम्रो अवस्था यस्तो भइसकेको थियो कि यो दृश्य कहिले समाप्त हुन्छ भनेर बारम्बार सोधिरहेका हुन्थ्यौं।’
धर्मेश दर्शनद्वारा निर्देशित, राजा हिन्दुस्तानी एउटा सानो सहरकी धनी केटी र गरिब ट्याक्सी चालकबीचको प्रेम कथा थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment