भाजपाको निमन्त्रणमा माओवादीका नेताहरु आज दिल्ली जाँदै

डिसी नेपाल
७ साउन २०८० ७:२५
136
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन्।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन्।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेका हुन्।

माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन्।

भाजपाले संसारभरीका पार्टीहरुसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएको हो। भारत भ्रमणको क्रममा माओवादी नेताहरुले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *