धनुषामा कार्यरत प्रहरी अधिकृत महोत्तरीमा कुटिए

डिसी नेपाल
७ साउन २०८० १०:०२
472
Shares

काठमाडौं। धनुषामा कार्यरत एक प्रहरी अधिकृत महोत्तरीमा कुटिएका छन्। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार विहिबार महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका हुन्।

धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादवलाई जलेश्वरमा कुटपीट भएको थियो। ‘घटना बिहीबारको रहेछ, उनी महोत्तरी गएका रहेछन् कुटपीटबाट घाइते भएपछि प्रहरी अस्पतालमा उपचार भैरहेको छ’, स्रोतले भन्यो। उनी कुटिनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

कुटपटिबाट उनको दाहिने खुटमा चोट लागेको छ। धनुषाका डिएसपी दीलिपकुमार गिरीले डिसपी यादव एक्लै महोत्तरी गएको पुष्टि गरे तर उनले यादवमाथि कुटपीट भएको हल्ला मात्रै सुनेको आधिकारिक जानकारी नआएको भन्दै पन्छिए।

‘उहाँ महोत्तरी जानुभएको थाह भो तर उहाँलाई कसैले आक्रमण गरेको हो होइन भन्नेबारेमा जानकारी छैन’, डिएसपी गिरीले भने। यादव एक्लै कार्यक्षेत्र भन्दा बाहिर किन गए भन्ने बारेमा प्रदेश प्रहरी कार्यालयले छानवीन गर्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *