‘जय हो’को प्रचारमा व्यस्त सलोन
काठमाडौँ /अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को प्रचारमा निकै व्यस्त छन्। केही दिनमा सिनेमा रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका उनी विभिन्न मिडियालाई अन्तरवार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर सिनेमाको प्रचार गरिरहेका छन्।
यसैबीच आइतबार सलोन अभिनेत्री केकी अधिकारी र सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए। त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो। कलेजले हरेक बर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा सिनेमाको टिम पुगेको हो।
अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफुले आजसम्म अभिनय गरेका सिनेमा संवाद बोलर दर्शकलाई मनोरञ्जन गराएका थिए। उनले विद्याथीमाझ गीतसमेत गाएका थिए। यस्तै अभिनेत्री केकी अधिकारीले पनि सिनेमाको बारेमा जानकारी दिँदै आगामी भाद्र ८ गते रिलिज हुने सिनेमा हेरिदिन आग्रह गरेकी थिइन्।
शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सिनेमामा सलोन र केकीका अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ।
सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन्। मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।
कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन्। सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment