कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

डिसी नेपाल
९ साउन २०८० ८:२४
932
Shares

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

उनले भने, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *