एमाले अध्यक्ष ओली र चिनियाँ नेताबीच भेटवार्ता
काठमाडाैं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेपालको बिकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन्।
मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्दै युआन च्याचिनले नेपालको बिकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले पनि नेपाल बिकासको प्रयासमा रहेकाले चीन सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण रहेको बताएका थिए।
त्यस्तै चिनियाँ नेता युआन च्याचिनले नेपाल भ्रमणका क्रममा भएको भेटवार्ताका बारेमा पनि जानकारी गराएका थिए भने ओलीले दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरेकाे एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिए।
नेकपा माओवादी केन्द्रको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आइपुगेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment