कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला

डिसी नेपाल
१२ साउन २०८० १९:४६
304
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले काम चलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा नेकां संसदीय दलका नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे ।

नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै नेकां लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दल यससम्बन्धी पाठ सिकाउने धारणा राखे ।

उनले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए ।

उनले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे । नेता डा कोइरालाले नेकां वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन प्रतिबद्ध रहेको विचार राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *