समाजवादी मोर्चाको पहिलो शुभेच्छुक संगठन विद्यार्थी मोर्चाको घोषणा हुँदै
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चाको घोषणा गर्ने भएको छ।
संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफनो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी बिद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हुन्।
जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ।
उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।
पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको बिद्यार्थी मोर्चाको सांगठानिक संरचनालगायतका बिषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताइएको छ।







डिसी नेपाल







Facebook Comment