समाज लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौं। समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा डाकेको हो। सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ।
साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ। यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ।
साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान ११ः३० बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
यद्यपि, साउन १९ गते शुक्रबार र २० गते शनिबार हो । यी दुई दिन सेयर कारोबार हुँदैन । तसर्थ, लाभांश हात पार्न लगानीकर्ताले साउन १८ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment