आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ नाघ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४४ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसामा काराेबार हुनेछ।
हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसामा काराेबार भएकाे थियाे।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसामा काराेबार गरिनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१५ रुपैयाँ र कुवेती दिनार १ को खरिदमूल्य ४२८.५२ पैसा विक्रीदर ४३०.४८ पैसामा काराेबार गर्ने अनुमति प्रदान गरेकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment