नेपाली दूतावास भित्रै समाजका अगुवा कुटिए, एनआरएनए अध्यक्षमाथि कुटपिटको आरोप
दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं अधिवेशनको विषयलाई लिएर नेपाली राजदूतावास दोहा कतारको हलमा भएको एक कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनी कुमार ओली कुटिएका छन् ।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा आफूमाथि कुटपिट भएको भण्डारीले आरोप लगाएका छन् । भण्डारीको कानको जाली फुटेको कतारको हमाद हस्पिटलको रिपोर्टले देखाएको छ ।
बैठकमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले संस्थाको विधान विपरितको निर्णयमा हस्ताक्षर गराउन बल प्रयोग गरेको र नमान्दा कुटपिट गरेको भण्डारीले आरोप लगाएका छन् ।
भण्डारीको दाबी अनुसार अध्यक्ष मुसलमानले नरेश श्रेष्ठ, अब्दुल रहमान, राम बहादुर हमाल लगायतका व्यक्तिहरूलाई बैठक कक्षमा प्रवेश गराइ कुटपिट गरेका थिए ।
यस विषयमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारी, नेपाली जनसम्पर्क समिति कतारका मुख्य सल्लाहकार शंकरप्रसाद न्यौपाने, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीले नेपालको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास कतार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी दिएका छन् ।
दोहाको नेपाली समाजमा घटेको यो पहिलो घटाना भने होईन। यसअघी पनि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, संस्थापक अध्यक्ष कमलमणी गुरागाँई र खेमराज सुवेदी माथि हातपात र गाली-गलौज भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment