शीर्ष नेताहरुबीच कुरा नमिलेपछि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । शीर्ष नेताहरुबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि प्रतिनिधिसभा स्थगित भएको हो ।
नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएको बैठकमा सहमति नजुटेपछि स्थगित भएको हो ।
यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेका लागि सारिएको थियो । एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment