समिक्षा अधिकारीको तीजकाे नयाँ भिडियो सार्वजनिक

डिसी नेपाल
२४ साउन २०८० ९:५३
1.8k
Shares

काठमाडौं। हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ।

यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा बिष्णु भण्डारीको शब्द र विशाल निरौलाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

भिडियोमा अन्जली अधिकारी,राज श्रेष्ठ र इन्दु दनुवार फिचर्ड छन्। आरडी दुलालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तीजको समयमा गीतमा नाच्ने माहोल बन्ने निर्देशक पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *