फिल्म ‘नम्बरी सुन’ काे रिलिज मिति सर्‍याे

डिसी नेपाल
२४ साउन २०८० १३:२५
48
Shares

काठमाडाैं। राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ आगामी माघ १९ मा रिलिज हुने भएको छ। यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिएको थियो। फिल्म युनिटले नयाँ रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै माघ १९ मा फिल्म रिलिज हुन लागेको जानकारी दिएको हाे।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव पहाडी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी,लगायत कलाकारको अभिनय छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ। यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो।

दिव्य सुवेदीले छायांकन गरेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ। फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *