फिल्म ‘ऐंचोपैंचो’ प्रचार प्रसारमा व्यस्त

डिसी नेपाल
२४ साउन २०८० १४:११
192
Shares

काठमाडाैं।  आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ऐंचोचोपैंचो प्रचारप्रसारमा   सिनेमा व्यस्त छ। केही दिन अघि कलेज क्याम्पियनबाट सुरु भएको सिनेमाको प्रचार यात्रा अहिले विभिन्न टेलिभिजन रियालिटी शोमा समेत केन्द्रित भएको हो।

यही शिलशिलामा मंगलबार सिनेमाको टिम नेपालको सवैभन्दा ठुलो पुरस्कार राशी भएको ‘मेरो डान्स युनिभर्स’ को फाइनलमा पुगेको थियो। सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशील सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन्। ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ।

सिनेमा अहिले गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा छ। आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको सिनेमाको निर्माण त्यसपछि पूर्ण सिनेमाको प्रचारमा लाग्ने तयारीमा रहेको निर्देशक कृर्षा चौलागाईंले बताइन्।

सिनेमाको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाईको यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पूजा समेत गरेका छन्।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन्।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी ९प्रनव० प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.