सदनको अवरोधप्रति राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग छलफल

डिसी नेपाल
२६ साउन २०८० ११:०१
96
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ।

सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिए। भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *