एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका कारण शुक्रबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए।
सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरे। सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गरेका थिए।
सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गदै सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराए। त्यसपछि एमालेका सांसदहरुले वेल घेराउ गरेका थिए।
वेल घेराउ गर्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी र विरोध गरेपछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराए। प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment