शिक्षा ऐनलाई सच्चाएर मात्रै अघि बढाइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सम्बन्धी ऐनलाई सच्चाएर मात्रै अघि बढाइने बताएका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा आएको शिक्षा सम्बन्धी ऐनमा केहि डुप्लीकेशन देखिएको भन्दै त्यसलाई सच्चाएर मात्रै अघि बढाइने बताएका हुन् । उनले विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको पनि बताए । उनले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए । संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार केन्द्रीत रहेको उनले बताए ।
त्यस्तै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अब कुनै पनि नागरिकताले सहज उपचार नपाएर मृत्युवरण गर्न नपर्ने बताए । उनले द्वन्द्वका बेला भएका घाइतेहरुको उपचारका लागि मन्त्रालयले उचित पहल गर्ने जिकिर गरे । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री बस्नेतको १०० दिनमा स्वास्थ्य क्षेत्रमा भएका सुधारका पहलहरु समेटिएको पुस्तीका सार्वजनिक गरेका थिए ।







डिसी नेपाल







Facebook Comment