सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

डिसी नेपाल
२६ साउन २०८० १८:२१
964
Shares

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले शर्मालाई थुनामा नराख्न आदेश दिएको हो । म्याद लिन पुगेको सरकारी वकिललाई न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । । पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई भने ५ दिन हिरासतमा राख्न समय दिइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.