आजको तरकारी तथा फलफूलकाे मूल्य, आँपकाे भाउ बढेर २२० पुग्याे

डिसी नेपाल
२८ साउन २०८० ८:४३
1.5k
Shares

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १३०, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल २०, मूला सेतो ४०, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ४०, ब्रोकाउली ८०, कागती १३०, भिण्डी ५०, पिंडालू ५०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा ७०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३०० , नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप २२०, लप्सी ६०, हरियो धनिया १००, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *