‘नक्कली’ भनेर पक्राउ परेका सक्कली डाक्टर थुनामुक्त

डिसी नेपाल
२९ साउन २०८० १०:०५
924
Shares

काठमाडौं। ‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन्।

‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो।

‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उनलाई हिरासतमुक्त गरिएको हो।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *