किशोरको इलामैको चिया बगानमा जंग र नग्माको रोमान्स

डिसी नेपाल
२९ साउन २०८० १३:०७
80
Shares

काठमाडौं। गायक तथा संगीतकार किशोर शिवाकोटीको इलामैको चिया बगान बोलको गीतको भिडियो रिलिज गरिएको छ।

गायक शिवाकोटी र गायिका बानिका प्रधानको स्वर रहेको सार्वजनिक गीतमा गायक शिवाकोटी स्वयम, सर्वजीत राई र शिव माप्चनको शब्द शृजना रहेको छ।

गायक शिवाकोटी स्वयमकै संगीत रहेको सार्वजनिक गीतमा एरेन्ज पबिधन खालिङको रहेको छ । त्यस्तै गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ।

भिडियोमा सुन्दर नगरी इलामको सुन्दर र रोमाञ्चक दृश्यका अलावा चिया बगान भित्र हुने रमाइला र सुख दुखका दृश्यलाई निर्देशक कमल राईले कलात्मक शैलीमा देखाएका छन्। भिडियोमा जंग मगर र नग्मा श्रेष्ठ गज्जबसँग खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई बुनिएको छ।

चियाका मुना टिप्न गएका वैँशालु युवा युवतीहरु चिया टिप्दा टिप्दै प्रेममा परेको र समयक्रमले उनीहरु विबाह बन्धनमा बाँधिएको रमाइलो कथालाई भिडियोमा देखाइएको छ।

फिल्मी शैलीमा तयार पारिएको इलामैको चिया बगानले राईहरुको संस्कृति र स्थानीय परम्परालाई पनि झल्काउने काम गरेको छ। सार्वजनिक भिडियोको छायांकन र सम्पादन योगेश दाहालले गरेका हुन्।

भिडियोमा जंग र नग्माका अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। भिडियो गायक शिवाकोटी स्वयमकै अफिसियल च्यानल के के म्यूजिकबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *