विद्यालय जान हिँडेका पोखराका तीन बालिका एकैदिन बेपत्ता

डिसी नेपाल
२९ साउन २०८० १९:३०
1.6k
Shares

पोखरा । पोखराबाट एकैदिन तीन बालिका बेपत्ता भएका छन्। गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका तीन बालिका बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने तीन बालिका रहेका छन्। बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार सम्पर्क बिहीन भएकोमा हालसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए। परिवारका अनुसार उनीहरू हराउँदा बखत सेतो सट, निलो स्कटको स्कुल ड्रेस लगाएका थिए।

परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *