सिटी होटलको घाटा चुलियो, २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा

डिसी नेपाल
३१ साउन २०८० ८:३८

काठमाडौं। हालै मात्र आइपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको सिटी होटलले गत आर्थिक वर्षमा नोक्सान व्यहोरेको छ।

होटलले गत आर्थिक वर्षको अन्त्यसम्ममा २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे। यसको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा झन् धेरै बढेको हो। अघिल्लो आर्थिक वर्षमा भने ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो।

सिटीले सञ्चालन आम्दानी १५०.१३% ले वृद्धि गरेर ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुर्याए पनि वित्तीय लागत बढेपछि नोक्सानमा गएको हो। अघिल्लो वर्ष सञ्चालन आम्दानी १८ करोड ९१ लाख ६४ हजार रहेको थियो।

यता, वित्तीय लागत भने ४ करोड ७६ लाख रुपैयाँबाट बढेर ३५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेको छ। यसका साथै ह्रास कट्टीमा खर्च बढेर ३ करोड ७८ लाख रुपैयाँबाट १३ करोड ७ लाख पुगेपछि सिटीले नोक्सान व्यहोरेको देखिन्छ।

चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटी होटलको अन्य इक्विटीमा ६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ। अघिल्लो वर्ष यसको अन्य इक्विटी २८ करोड ४० लाख रुपैयाँ रहेको थियो।

असार मसान्तसम्ममा सिटी होटल प्रतिसेयर आम्दानी १६.३५ रुपैयाँ नोक्सानमा रहेको छ। यसको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *