सुनको भाउ घट्यो
काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment