अञ्जुले लिएर आइन् तीजको लहर
काठमाडाैं। गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन्। यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन्। विगत ६र७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन्।

अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन्। विगतका वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यस पटक बिना भट्टराईलाई पनि साथ लिएकी छिन्। यस पटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै बिना भट्टराईले शब्द पनि लेखेकी छिन्।
संगीत भने मीन गुरुङले गरेका छन्। गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन्। गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन्। गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन् ।

नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ। गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ। महिलाहरुको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफुले यसरी गीत हरेक तीजमा लेराउने गरेको अन्जु श्रेष्ठले बताइन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment