टिकौली दुर्घटनाः अक्स्फोर्ड कलेजको बसको ठक्करबाट २० जना घाइते, ७ जनाको अवस्था गम्भीर
चितवन। चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर – ९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को शव बोकी देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिएको थियो ।
सो क्रममा चार वटा मोटरसाइकल र तीनवटा स्कुटर एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनापछि घाइतेलाई भरतको बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।
हेनुहोस् भिडियो
No ads found for this position

डिसी नेपाल
Facebook Comment