नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : ओली

डिसी नेपाल
३१ साउन २०८० २२:३५
20
Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताउनुभएको छ । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।

भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उनले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको बताए ।

“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन”, उनले भने, “यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेकोभन्दा, कुनै राज्यले निर्माण गरेकोभन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो ।”

उनले पारस्परिक सहयोग र पारस्परिक लाभका आधारमा एकअर्कालाई सहयोग गरिरहेको समेत बताए । अध्यक्ष ओलीले नेपाल र भारतबीच देखिएका कतिपय विषयलाई आपसी छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.