आजको फलफूल तथा तरकारीको मूल्य, कुरिलाे ५५० केजी पुग्याे

डिसी नेपाल
१ भदौ २०८० ९:००
1.1k
Shares

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गेलभेडा ठुलो १३०, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ११०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३०, गाँजर ११०, मूला सेतो हाइब्रीड ७०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ६०, ब्रोकाउली ११०, कागती १५० रुपैयाँ, भिण्डी ८०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ८०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०, केरा दर्जन १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५००,कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५०, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २५०, लसुन हरियो १५०, रुख कटहर ४०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, मौसम १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *