आज दुईवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
१ भदौ २०८० ९:२७
60
Shares

काठमाडौं। आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे र दिउसो १ बजे बस्ने भएको हो।

दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । बैठकमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभावबारे छलफल हुने छ ।

सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोपलगायतको न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा पनि बैठकमा छलफल हुने छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.