जेम्सको ‘चिसो चिसो यो मौसम’मा संजय र सिर्जनाको रोमान्स (भिडियो)

डिसी नेपाल
३ भदौ २०८० १२:१६
212
Shares

काठमाडौं। युवा गायक जेम्स गजमेरले ‘चिसो चिसो यो मौसमम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमान्टिक भर्सनको यस गीतमा शब्द, संगीत स्वयम् गायक गजमेरको रहेको छ। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीतको म्युजिक भिडियोमा संजय बिश्वकर्मा र सिर्जना गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

संजय बिश्वकर्माको कोरियोग्राफी र कन्सेप्ट रहेको यस गीतको भिडियोमा सागर महतको छायाँकन र सम्पादन रहेको छ। अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सहरमा रहेको पाथीभरा ज्वेलर्सका संचालक उत्तम रसाइलीको प्रायोजन रहेको यस गीतको भिडियोलाई गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक गजमेरले ‘सायद मायामा, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले सम्पूर्ण स्रोता, दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *