कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बिरुद्ध एमाले सर्वोच्च अदालत जाँदै

डिसी नेपाल
६ भदौ २०८० १०:५९
228
Shares

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै छ। संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिइसकेका छन्। ‘हाम्रो कानुनी लडाइँ र संसदभित्रकाे प्रतिवाद जारी नै रहन्छ, हामी फेरि पनि अदालत जाँदैछौं’ उनले भने।

यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो। सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो।

पछि पुनः सभामुखलाई राजीनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडेपछि एमाले फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.