हत्यामा भारतको संलग्नता प्रमाणित भए हाम्रो सार्वभौमसत्ता हनन हुनेछ : क्यानडाकी विदेशमन्त्री

डिसी नेपाल
३ असोज २०८० १२:२१
840
Shares

काठमाडौं । क्यानडाकी विदेशमन्त्री माइलेन जोलीले क्यानडाले भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको पुष्टि गरेकी छन् ।

“क्यानडाको भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारका एजेन्ट संलग्न भएको आरोप चिन्ताजनक छ। यो स्वीकार गर्न सकिँदैन,” उनले भनिन् ।

जोलीले भनिन्, “यदि यो पुष्टि भयो भने यो हाम्रो सार्वभौमसत्ताको ठुलो उल्लङ्घन हो। र यो एउटा देशले अर्को देशसँग कसरी व्यवहार गर्ने भन्ने नियमको उल्लंघन पनि हो। हामीले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप सहने छैनौं भन्ने स्पष्ट पारेका छौं।”

जोलीले निज्जरको परिवारप्रति समवेदना पनि व्यक्त गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *