हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैन : ओली

डिसी नेपाल
५ असोज २०८० १९:०५
20
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

उनले हिंसा दिवस र शान्ति प्रक्रिया संगसंगै जाने विषय नभएको जिकिर गरे । उनले सरकारले राजनीतिको अपराधिकरण र अपराधिको राजनीतिकरण गरिरहेको तर्क गरे । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ती जनाए ।

उनले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढ्ने स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.