भारतीय नाकाबन्दी सम्झिँदै ओलीले भने- इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ

डिसी नेपाल
६ असोज २०८० १०:०४
20
Shares

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन्।

ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन्। दोस्रो संविधानसभाबाट नयाँ संविधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन्।

‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

संविधान निमार्ण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडि सम्झन्छन्, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

उनले सामाजिक सञ्जालबाट प्रश्न गरेका छन्, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.